जेठ २४,काठमाडौँ । वैदेशिक रोजगार विभागले मेनपावरलाई एजेण्ट हटाउन निर्देशन दिएको छ ।
अबदेखि वैदेशिक रोजगार व्यवसायीले आफ्ना मेनपावर कम्पनीमा प्रतिनिधि (एजेण्ट) राखेर वैदेशिक रोजगारी सम्बन्धी कुनै पनि काम गराउन नपाउने विभागले जनाएको छ ।
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०७५ सरकारबाट २०७५ फागुन ११ प्रमाणिकरण भई वैदेशिक रोजगार ऐन २०६४ संशोधन भएसँगै मेनपावर कम्पनीहरुले एजेण्ट राख्न पाउने प्रावधान खारेज भएको हो ।
विभागले संशोधित ऐन कार्यान्वयनमा आएको भन्दै अबदेखि एजेण्टमार्फत वैदेशिक रोजगार सम्बन्धी काम गराउने संस्था र व्यक्ति दुवैलाई कारबाही गर्ने जनाएको छ । वैदेशिक रोजगारीमा धेरैजसो एजेण्टबाटै ठगी हुने गरेको गुनासो बढेपछि सरकारले एजेण्ट नै खारेज गरेको हो ।