जेठ २४, काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले जीवन हेरचाह बीमा योजना ल्याउने भएको छ । चौथो योजनाको रुपमा कम्पनीले उक्त योजना आईतबारबाट सर्वसाधारणमा विक्रि गरिने छ ।
एउटै बीमा योजनामा टर्म इन्स्योरेन्स, एन्यूटी (पेन्सन) इन्स्योरेन्स र इण्डोमेन्ट इन्स्योरेन्सको समिश्रण रहेको यो योजना नेपालको बीमा बजारमा नौलो प्रस्तुति रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, केटाकेटी र सन्तानको सुरक्षित भविश्यलाई लक्षित गरी ल्याइएको यो बीमा योजनामा प्रस्तावक (अभिभावक) को मृत्यू भएमा इच्छाईएको व्यक्तिलाई विमांक रकम एकमुष्ट तुरुन्त भुक्तानी गरिनेछ ।
बिमांक रकम भुक्तानी पछि पनि बीमाले निरन्तरता पाउदै अवधि समाप्ती नभएसम्म प्रत्येक तीन तीन महिनामा विमांक रकमको २ दशमलव ५ प्रतिशत बाँकी जीवन निर्वाह भत्ता (पेन्सन) को रुपमा पाईरहने, बाँकी अवधिको लागि बीमा शुल्क तिर्नु नपर्ने र भुक्तानी अवधि समाप्ती पछि पुनः विमांक रकम र आर्जित वोनस एकमुष्ट भुक्तानी पाउने व्यवस्था गरीएको कम्पनीले जनाएको छ ।
साथै प्रस्तावक दुर्घटनामा स्थायी अपांग वा असक्त भएमा बाकी अवधिको बीमा शुल्क छुट हुने र १२ वर्ष सम्म त्रैमासिक रुपमा विमांक रकमको २ दशमलव ५ प्रतिशत जीवन निर्वाह भत्ता उपलब्ध हुने व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ ।