मंसिर २,काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडको दशौं वार्षिक साधारणसभा आज सोमवार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकालीमा साधारणसभा भएको थियो । साधारण सभामा शेयरधनीले जनता बैँक र ग्लोबल आईएमई बैकको मर्जरले नेपाली बैकिङ क्षेत्रले महत्पुर्ण फड्को मार्ने विश्वास गरेका थिए ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष रायमाझीले जनता बैँक र ग्लोबल आईएमई बैँकको मर्जर प्रक्रिया राष्ट्र बैँकको विधी अनुसार भएको बताए । उनले दुईवटा बैँक एक भएपछि अझै धेरै आर्थिक प्रगती गर्न सकिने बताए । रायमाझीले मर्जरमा गएपनि कुनै कर्मचारी नघट्ने र सेवा सुविधा पनि नघट्ने बताए । सभामा कम्पनीको तर्फबाट कम्पनी सचिव विश्व सुवेदीले मर्जर अन्य विविध विषयसंग जोडिएका एजेण्डा पेश गरेका थिए । पेश गरिएको सम्पुर्ण एजेण्डा हलले सर्वसम्मत पारित गरेको थियो ।
दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई रु. १२ प्रतिशतले हुन आउने रकम रु. ९६,००,९४,३१०.९४ ( अक्षरेपी छयानब्बे करोड चौरानब्बे हजार तीन सय दश चौरानब्बे पैसा) बाराबरको लाभाँश पारित गरेको छ । पारित १२ प्रतिशतको लाभाँश मध्ये ६ प्रतिशत बोनश शेयर तथा ६ प्रतिशत नगद लाभाँश हुनेछ ।
सभाले जनता बैक नेपाल लिमिटेडको १०० कित्ता शेयरलाई ग्लोबल आईएमइ बैक लिमिटेडको ८५ कित्ता (१ः०.८५) शेयर आदान प्रदान अनुपात कायम हुने गरी ग्लोबल आईएमइ बैक लिमिटेडसँगको मर्जर सम्बन्धि सम्पुर्ण एजेण्डाहरुको साथै सभा समक्ष प्रस्तावित सम्पूर्ण एजेण्डालाई पारित गरेको छ ।
शेयरधनीहरुको सभाबाट पारित भए सँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैक समक्ष अन्तिम स्वीकृत प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ । मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुनेगरी तयारी भरहेको छ । करिव ३०० भन्दा बढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ ।
मर्जर पश्चात चुक्ता पूँजी करिव १९ अर्ब, निक्षेप रु. २ खर्ब १३ अर्ब, कर्जा रु. १ खर्ब, ९४ अर्ब भएको सवल र सक्षम बैक बन्ने विश्वास लिईएको छ ।