दातृ निकायले प्रतिबद्धता गरेअनुरुप बजेट विनियोजन नगर्दा कम विकसित मुलुक ऋणमा डुब्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर ४, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर ४, काठमाडौं । दातृ निकायले प्रतिबद्धता गरेअनुरुप बजेट विनियोजन नगरेका कारण नेपालजस्ता कम विकसित मुलुकले दिगो विकास लक्ष्य हासिल गर्न नसक्ने देखिएको छ ।

विकसित मुलुकले कुल राष्ट्रिय आयको ०.०९ प्रतिशत मात्र सहायता रकम विनियोजन गरेकाले सो लक्ष्य हासिल हुन नसक्ने अवस्था सिर्जना भएको संयुक्त राष्ट्रसंघले मंगलबार सार्वजनिक गरेको कम विकसित मुलुकको प्रतिवेदनमा उल्लेख छ ।

दातृ मुलुकहरुले दिगो विकास लक्ष्य हासिल गर्नका लागि ०.१५ देखि २ प्रतिशतसम्म सहायता विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । दातृ निकायहरुले कम रकम विनियोजन गर्दा सन् २०२२ सम्ममा ४७ वटा राष्ट्रहरुको स्तरोन्नति नहुने देखिएको छ । राजधानी दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस