माघ २०, काठमाण्डौ । प्रभु बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका ८, धर्मस्थलीमा आप्mनो २०७औं शाखा सञ्चालनमा ल्याएको छ । शाखाको तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले उद्घाटन गरे । उनले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणसम्म सरल र सहज सेवा विस्तार गरी प्रशंसनीय काम गरेको बताए ।
यो शाखाले बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुर्याउने उनले बताए । धर्मस्थली शाखाबाट बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा प्रवाह हुने भएकाले स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघ–संस्थालाई सहज हुने बैंकले जनाएको छ ।