ग्लोबल आईएमईको शाखा कमलविनायकमा पनि !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २१, मंगलबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

माघ २१, काठमाण्डौ । ग्लोबल आईएमई बैंकले सोमवारदेखि भक्तपुर नगरपालिका–१०, कमलविनायकमा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या २७० पुगेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्स्टेन्शन काउन्टर तथा शाखारहित काउन्टर खोल्ने क्रममा सो शाखा सञ्चालनमा ल्याएको बताएको छ ।

बैंकका देशभर २७० शाखा, ३७ राजस्व संकलन तथा एक्स्टेन्शन काउन्टर, २५६ एटीएम तथा २४८ शाखारहित सेवा सञ्चालनमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस