माघ २१, काठमाण्डौ । सर्वसाधारणले एनआईसी एशिया बैंकमा निक्षेप संकलन गर्न थालेपछि २१ लाखभन्दा बढीको सुविधा पाउन सक्ने योजना नै ‘न्यू सुपर चमत्कारिक योजना’ हो । नेपालको बैंकिङ क्षेत्रमा अब्बल स्थान बनाएको एनआईसी एशिया पछिल्लो समय ‘न्यू सुपर चमत्कारिक’ निक्षेप योजनाका साथ अघि बढेको छ । बैंकमा खाता खोलेर पैसा राख्दा त ब्याज पाइन्छ । केहीले अलि बढी ब्याज दिन्छन्, केहीले कम । यस्तो सोच्ने सर्वसाधारणलाई ‘बैंकमा पैसा राख्दा पनि चमत्कार हुन्छ र’ भन्ने लाग्नसक्छ ।
तर एनआईसी बैंकमा ‘न्यू सुपर चमत्कारिक खाता’ खोलेपछि नाम मात्रैको चमत्कार होइन, साँच्चिकै चमत्कार हुने यसका अधिकारीहरू दाबी गर्छन् । उनीहरूका अनुसार जसले बैंकमा खाता खोलेका छन्, तीनैलाई मात्र यो कुरा थाहा हुन्छ । एनआईसी बैंकमा गएर यो ‘न्यू सुपर चमत्कारिक योजना’ बारे जुनसुकै बेला पनि बुझ्न सकिन्छ । बैंकका अधिकारीहरूका अनुसार ‘अहिले सर्वसाधारणले बुझे वा सोचेभन्दा फरक’ फाइदा एनआईसीले ग्राहकलाई दिनेछ ।
एनआईसी बैंकले उत्कृष्ट बीमा सुरक्षा, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ, निःशुल्क लकर, देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने सुविधालगायत ३० चामत्कारिक फाइदाहरु ‘न्यू सुपर चमत्कारिक निक्षेप योजना’ अन्तर्गत सञ्चालनमा ल्याएको हो ।
यो योजना अन्तर्गत ब्याज पाउने त सामान्य नै भयो। साथै २१ लाखसम्मको बीमा सुविधा पनि प्राप्त गर्न सकिने छ ।
२१ लाखका तीन बिभिन्न बीमा सुविधा
यस सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरुका लागि १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्मको औषधि उपचार बीमा सुविधा प्राप्त गर्न सकिने छ । औषधि उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरुलाई थप विशेष सुविधा दिने उद्देश्यले बहिरंग ओपीडी उपचारमा २० हजारसम्म र अस्पताल भर्नाबापत ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ । उल्लेखित बीमा सुविधाहरुबापत लाग्ने प्रिमियम सम्झौता अनुरुप बैंक स्वयंले एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई तिर्नेछ ।
सर्वसाधारणले यस एनआईसी एशिया बैंकमा निक्षेप संकलन गर्न थाल्नेबित्तिकै २१ लाखभन्दा बढीको सुविधा पाउन सक्ने योजना नै ‘न्यू सुपर चमत्कारिक योजना’ हो । ग्राहकले यो २१ लाखसम्मको बीमा सुविधा यदि आफैं लिनु परेमा करिब १४ हजार रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्थ्यो, जुन अब ‘सुपर चमत्कारिक’ निक्षेप योजना अनुसार बैंकले नै सम्झौता अनुरुप एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई तिर्नेहुँदा ग्राहकलाई आर्थिक भार कम हुन जानेछ । बैंक खातामा पैसा बढ्नु अर्थात् सोझो नगद आर्जनलाई मात्रै आफ्नो नाफा सोच्ने ग्राहकलाई बैंकले अहिले नै त्यस्तो सोच बदल्न आग्रह गरेको छ ।