कुखुराको मासुमा कार्टेलिङः सरकारले अनुगमन गरेन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २५, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ २५, काठमाडौ । पछिल्लो पटक दाना र चल्लाको भाउमा अत्यधिक रूपमा कालोबजारी भएको छ । चल्ला र दानाको मूल्य निर्धारणमा उद्योगीको एकलौटी अधिकार भएकाले यसको कालोबजारी भएको हो ।

कुखुरापालक किसानले दाना, चल्ला र कुखुराको मूल्य निर्धारण गर्ने अधिकार पोल्ट्री व्यवसायीको हातमा भएकाले यसको फाइदा उठाउँदै उनीहरूले बजारमा कार्टेलिङ गरेको आरोप लगाउँदै आएका छन ।

राष्ट्रिय कुखुरा पालक किसान सङ्घर्ष समितिका संयोजक विष्णु खड्काले पछिल्लो दुई महिनामा चल्ला र दानामा मूल्यमा सहनै नसक्ने गरी कार्टेलिङ भएको आरोप लगाए ।

उनका अनुसार अहिले प्रतिक्विन्टल दानाको मूल्य तीन हजार ६०० रुपैयाँ रहेको छ । पछिल्लो एक वर्षमा दानाको मूल्यमा ८५० रुपैयाँ बढेको छ । सो अवधिमा प्रतिचल्ला ३० रुपैयाँमा पाइने गरेकोमा अहिले बढेर प्रतिचल्ला ७० रुपैयाँ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस