ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब १३ करोड

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २६, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ २६, काठमाडौ । ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यो नाफामा ग्लोबलको आफ्नै हिस्सा एक अर्ब ६८ करोड रुपैयाँ हो । बाँकी ४५ करोड रुपैयाँ भने जनता बैंकसँग मर्जरबाट प्राप्त भएको हो । बैंकले वितरण योग्य मुनाफा नै एक अर्ब २० करोड रुपैयाँ आर्जन गर्न सफल भएको देखिन्छ ।

ग्लोबल आइएमईले यो अवधीमा एक खर्ब ९७ अर्ब रुपैयाँ बराबरको निक्षेप सर्वसाधारणबाट संकलन गरेर एक खर्ब ९० अर्ब कर्जा लगानी गरेको छ । ग्लोबल आइएमईले ३ अर्ब ४५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको देखिन्छ । १८ अर्ब ९७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४८ करोड रुपैयाँ जम्मा भएको छ । बैंकको सिडी रेसियो ७८.९८ प्रतिशत छ भने खराब कर्जा १.२० प्रतिशत छ । त्यस्तै, आधार ब्याजदर ९.६४ प्रतिशत रहँदा स्प्रेड दर ५.३१ प्रतिशत रहेको देखिन्छ । बैंकको प्रति सेयर आम्दानी २२.५३ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १४५.२३ रुपैयाँ छ ।

पुँजी, शाखा सञ्जाल र ग्राहक संख्याका आधारमा ग्लोबल आइएमई बैंक सबै भन्दा ठूलो बैंक हो ।

ताजा अपडेट

खोजी गर्नुहोस