आजदेखी पाम आयल भारतमा निर्यात

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २६, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ २६, काठमाडौ । पाम आयलको निर्यातमा देखिएको अवरोध हटेको छ । उद्योग बाणिज्य तथा अपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले सरकारको अथक प्रयासपछि पाम आयलको निर्यातमा देखिएको अवरोध हटेको बताए ।

भारत सरकारले पुस २३ गतेदेखि पाम आयलको आयातमा रोक लगाएको थियो । एक महिनाको अथक प्रयासपछि पाम आयालको निर्यात खुलाउन सफल भएको पनि राज्यमन्त्री दुगडले बताए । ‘मन्त्रीज्यू, म र सचिवले नै पाम आयलको निर्यात खुलाउन निकै मेहनत गरिरहेका थियौं, शुक्रबारको वार्ताले अवरोध हटेको छ’, बिराटनगरमा रहेका उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री दुगडले कर्पोरेट नेपालसँग भने ।

बाणिज्य सचिव बैकुण्ठ अर्याल नेतृत्वको टोलीले अवरोध हटाउन निर्णायक र औपचारिक वार्ता गरेको थियो । आइतबारबाटै नेपालबाट पाम आयल भारतमा निर्यात गर्न सकिने उनले बताए ।

भारतमा पाम आयल आयातका लागि एउटा बिहारका कम्पनीलाई भारत सरकारले अनुमति समेत दिईसकेको पनि उनले जानकारी दिए । चालु आर्थिक वर्षको ६ महिनामा भारत तर्फ ११ अर्ब ५२ करोड मूल्य बराबरको पाम आयल निर्यात भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस