मास्कको कृत्रिम अभाव हुन नदिन बजार अनुगमन हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २७, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ २७, काठमाण्डौ । सरकारले मास्कको अभाव हुन नदिन गृहकार्य अगाडि बढाएको छ । बजारमा मास्कको अभाव र मूल्य बृद्धि हुन नदिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्पष्ट पारेको छ । केही मास्क चीनमा पठाए लगत्तै बजारमा मास्क अभाव भयो भनेर कालोबजारी गर्न खोजिए व्यापारीलाई कारबाही गर्ने विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।

मास्क लगायत अति आवश्यक सामान अभाव हुन नदिन विभाग गम्भिर भएर लागेको जानकारी दिदैँ विभागका महानिर्देशक सुवेदीले औषधि व्यवस्था विभागलगायत सम्बन्धित निकायबीच सहकार्य गरेर बजार अनुगमन गर्न लागेको जानकारी दिए । मास्कको अभाव हुन नदिन स्वदेशी उद्योगलाई पनि बढी उत्पादन गर्न आग्रह गर्दै महानिर्देशक सुवेदीले अन्य मुलुकबाट आयात गरेर भए पनि समस्या आउन नदिने काम भईरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस