फाल्गुण १३, काठमाण्डौ । इटहरी उपमहानगरले लगानी सम्मेलन गर्ने भएको छ । सम्मेलनका लागि सोमबार पूर्वतयारी अन्तर्क्रिया कार्यक्रम गरिएको छ । उपमहानगरका विज्ञसमूह, कार्यपालिका सदस्यहरू, उपमहानगरका कर्मचारी र सञ्चारकर्मीबीच अन्तर्क्रिया गरिएको हो ।
कार्यक्रममा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले लगानी सम्मेलनको आवश्यकता र औचित्यका बारेमा प्रकाश पारेका थिए । उनले इटहरीको समृद्धि र विकासका लागि विभिन्न सम्भावनाहरू प्रस्तुत गर्दै त्यसका लागि लगानी जुटाउन लगानी सम्मेलन गर्न लागिएको बताए ।