फाल्गुण १३, काठमाडौं । सरकारले नेपाल ट्रस्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण सार्वजनिक गरेको छ । स्वेतपत्र मार्फत सञ्चालक समिति अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ट्रस्टको नाम रहेका सम्पत्ति सार्वजनिक गरेका हुन् ।
देशभरका १२ जिल्लामा ट्रस्टको नाममा २१ हजार ५६२ रोपनी ४ आना २ पैसा १ दाम जग्गा रहेको छ । चल सम्पत्ति तर्फ नेपाली रुपैयाँ ७८ करोड ९ लाख ७७ हजार ७९३ रहेको छ । त्यस्तै १ लाख ४८ हजार ५८१ अमेरिकी डलर, ५० हजार १२४ पाउन्ड स्टिर्लिङ रकम बैंकमा मौजात छ । नबिल बैंकमा ५ लाख ३३ हजार २४४ कित्ता, होटल डेला अन्नपूर्णमा ३० हजार ७२० कित्ता, नेपाल औद्योगिक विकास निगममा ६ हजार ७५० सेयर ट्रस्टको स्वामित्वमा रहेको छ ।