फाल्गुण १४, काठमाण्डौ । नेपाल मजदुर किसान पार्टी एमसीसीविरुद्ध सडकमै उत्रेको छ । नेमकिपाले अमेरिकी सरकारको ध्यानाकर्षणसमेत गराएको छ । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी विरुद्ध काठमाडौंस्थित अमेरिकी दूतावासमा विरोधपत्र आज बुझाईएको छ ।
तर, नेमकिपा सांसद प्रेम सुवालसहितको समूहले दूतावास पुगेर विरोधपत्र बुझाएको हो । नेमकिपा दूतावासमा विरोधपत्र बुझाउन जान नेता तथा कार्यकर्तामात्रै होईन विद्यार्थीहरु समेत लिएर गएको थियो । नेपाल सरकारले आफ्ना माग सुनुवाइ नगरे थप आन्दोलित हुने चेतावनी नेमकिपाले दिएको छ ।