कोरोना संक्रमण बढेपछि शेयर कारोबार फेरि बन्द

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ १, बिहिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ १,काठमाडौँ । शेयर कारोबार बिहीबारदेखि फेरि बन्द भएको छ । धितोपत्र बोर्डले लकडाउन नखुलेसम्मका लागि कारोबार बन्द गर्न निर्देशन दिएको हो ।

कोरोना सङ्क्रमितको संख्या बढिरहेको र अवस्था जटिल हुनसक्ने खतरा बढेकोले बजार बन्द गर्न निर्देशन दिईएको हो । केही दिनअघि लकडाउन खुकुलो पार्ने सरकारले निर्णय गरेसँगै कारोबार सुरु भएको थियो ।

सबै आर्थिक गतिविधि बन्द रहेको र अवस्था सामान्य नभएसम्म बजार खुलाउन उपयुक्त नभएको बोर्डले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस