सेञ्चुरी कमर्सियल बैंकले अन्तरिम लाभांस वितरण गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ २९, बिहिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ २९,काठमाडौँ । सेञ्चुरी कमर्सिय बैंक लि.को आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.८ अरब ४१ करोड ५४ लाख ७१ हजार ५ सय ७६ रुपैया ३० पैसाको को ४.७५ प्रतिशतले हुन आउने रकम रु. ३९ करोड ९७ लाख ३४ हजार ८ सय ९९ रुपैया ८७ पैसा वितरण गर्न स्वीकृत भएको छ । यद्यपी हाल विश्वभर फैलिएको कोभिड–१९ को महामारीले गर्दा उक्त स्वीकृत प्राप्त भएको वार्षिक प्रतिवेदन, वार्षिक साधारण सभा हुन सकेको छैन् ।

सेञ्चुरी कमर्सियल बैंकका शेयरधनीलाई केही राहत महसुस गराउने उदेश्यले उक्त स्वीकृत नगद लाभांसको ३ प्रतिशत रकम अर्थात् रु २५ करोड २४ लाख ६४ हजार १ सय ४७ रुपैया २८ पैसाबाट आवश्यक लाभांस कर कट्टी गरी हुन आउने लाभांस रकम रु. २३ करोड ९८ लाख ४० हजार ९ सय ३९ रुपैया ९२ पैसा गएको फागुन ३० गते कायम भएका शेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमा वितरण गर्ने भएको छ ।

बैंकको सञ्चालक समितिको निर्णय बमोजिम सम्पूर्ण शेयरधनीहरु/लगानीकर्तालाई जानकारी गराएको बैँकले जनाएको छ । साथै, बाँकी रहेको नगद लाभांस र बोनश शेयर वार्षिक साधारण सभा भए पश्चात् वितरण गर्ने बैँकले जानकारी दिएको छ ।

सेञ्चुरी कमर्सियल बैंक सम्बन्धि अन्य जानकारी  www.centurybank.com.np मा उपलब्ध छ ।

ताजा अपडेट

खोजी गर्नुहोस