भाद्र ३०,काठमाडौँ । सरकारले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्रीसरहको सुविधा र हैसियत दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
खतिवडाले गएको भदौ १९ गते अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । खतिवडाले सांसद नभइ ६ महिनासम्म मात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाको कारण राजीनामा दिएका थिए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडाको ठाउँमा वामदेव गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमझ सिफारिस गरेको छ ।
अर्थ मन्त्रालयमा होला हस्तक्षेप ?
यसो त क्याबिनेटमा यतिबेला अर्थमन्त्री छैनन् । अर्थ मन्त्रालयमा मन्त्री छैनन् । भर्खरै निवर्तमान भएका अर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार भएपछि राजनितिक बृतमा चर्चा सुरु भएको छ , के अब प्रधानमन्त्रीले अर्थमन्त्री नियुक्त गर्लान ? स्रोतका अनुसार प्रधानमन्त्री ओली तत्काल अर्थ मन्त्रालयमा मन्त्री ल्याउने पक्षमा छैनन् ।
खतिवडाको नाम राष्ट्रिय सभामा सिफारिस नभएपछि त्यतीबैलै चर्चा चलेको थियो । प्रधानमन्त्री कुनै न कुनै पद दिएर खतिवडालाई आफ्नै साथमा राख्नेृछन् । अन्तत प्रधानमन्त्रीले अनुमान गरे अनुरुप नै खतिवडालाई मन्त्री पदसरह जिम्मेवारी दिएका छन् । कतिपयले यो निर्णयलाई प्रधानमन्त्री स्वयमले अर्थ मन्त्रालय हाँक्ने र खतिवडाले प्रधानमन्त्रीलाई सघाउनेको रुपमा लिइएको छ ।