जेठ ३०,काठमाडौँ । सत्तापक्ष र विपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ ।
शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन् । उक्त समझदारी राप्रपा र रास्वपाले मानेको छैन ।
सहमति पछि १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि खुल्ने नेताहरुको भनाई छ । यद्यपि, रास्वपाले भने सहमतिमा हस्ताक्षर गरेको छैन ।