नेपालको पर्यटन आयमा ८६ अर्ब घाटा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ ३०, शुक्रबार (२१ घण्टा अघि)
  • ६० पटक पढिएको
नेपालको पर्यटन आयमा ८६ अर्ब घाटा

जेठ ३०, काठमाडौं । नेपाललको भ्रमण आयभन्दा खर्च उच्च देखिएको छ । पर्यटनको प्रचुर सम्भावना भएको नेपालमा विदेशी पर्यटकले भन्दा नेपाली विदेश जाँदा ठुलो धनराशि खर्च गर्ने गरेका छन् । भ्रमण आयभन्दा नेपालीले विदेश जाँदा करिब ८६ अर्ब ५३ करोड रुपैयाँ बढी रकम खर्च गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा भ्रमण आय ८.६ प्रतिशतले वृद्धि भई ७५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । विदेशी पर्यटकले नेपालमा आएर गरेको खर्चभन्दा नेपालबाट विदेश गई नेपालीले गरेको खर्च १७.९ प्रतिशतले बढेको छ ।

नेपालीले विदेश भ्रमण गर्दा एक खर्ब ८५ अर्ब तीन करोड रुपैयाँ खर्च गरेका छन् । भ्रमण व्ययमा नेपालबाट विदेश घुम्न जाने, अध्ययनका लागि जाने, रोजगारीका लागि जाने खर्चमा लिइन्छ ।

पर्यटक नेपाल आउँदा गर्ने खर्चभन्दा नेपालीले विदेश जाँदा खर्च गर्ने रकम ठुलो हुनु चिन्ताको विषय हो । विदेशी पर्यटक नेपाल आउँदा विदेशी मुद्रा भित्रिन्छ । यसको सकारात्मक प्रभाव सेवा क्षेत्रको आयमा पर्छ । नेपाली विदेश घुम्न जाने प्रचलन पनि बढेको छ । उच्च आम्दानी हुनेदेखि कर्पोरेट हाउसहरूले विदेशमा विभिन्न कार्यक्रम आयोजना गरेर भ्रमणमा जाने गरेका छन् ।

केही व्यक्तिको आयमा ठुलो परिवर्तन भएको र घुम्न जाने प्रचलन बढेकाले भ्रमण व्यय बढेको नेपाल राष्ट्र बैंका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘कर्पोरेट हाउस, बैंक, बिमा कम्पनीहरूले पनि प्याकेज बनाएर विदेश भ्रमणमा लैजाने गरेका छन्,’ थापाले भने, ‘विदेश पढ्न जाँदा पनि खर्च हुने गरेको छ ।’ नेपाली विमान कम्पनी नभएको कारण पनि भ्रमण व्ययमा धेरै खर्च देखिएको छ ।

नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जाँदा पनि ठुलो रकम बिदेसिएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनामा शिक्षातर्पmको व्यय एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ छ । विदेश अध्ययन गर्न जाने विद्यार्थीले डलरमा रकम लैजाने गरेका छन् । सँगै उनीहरू जाँदा जहाजको टिकटमा पनि खर्च हुन्छ ।

यद्यपि विदेशमा अध्ययन तथा रोजगारीमा जानेले पछि रेमिटेन्सका रूपमा रकम पठाउँछन् । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेपछि विदेशबाट रेमिटेन्स आउने क्रम भने बढेको छ ।

चालु आर्थिक वर्षको १० महिनामा करिब साढे १३ खर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस