माओवादीले गरेको सहमती रास्वपाले नमान्ने ! संसद खुल्ने संकेत देखिएन्

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ३०, शुक्रबार (१८ घण्टा अघि)
  • ४५ पटक पढिएको
माओवादीले गरेको सहमती रास्वपाले नमान्ने ! संसद खुल्ने संकेत देखिएन्

जेठ ३०,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रबीच भएको सहमति अस्वीकार गरेको छ ।

रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले शुक्रबार दुई दल वीच भएको सहमतिले समस्याको समाधान नगर्ने प्रतिक्रिया दिए ।

‘माओवादीले सहमतिका लागि हामीलाई पनि आग्रह गरेको थियो । तर, उहाँहरुले गरेको सहमतिमा समस्याको सामाधान गर्ने ठोस प्रस्ताव उल्लेख नभएकाले हामी सहमत हुन सकेनौं,’ झाले भने, ‘उहाँहरुले छानबिन समिति बनाउने भन्नुभएको छ । त्यो समिति गृह मन्त्रालयकै कुनै सहसचिवको नेतृत्वमा बन्न सक्छ । त्यसले समस्याको कुनै समाधान गर्दैन ।’

समस्याको ठोस समाधान गर्ने गरी सहमति नभएको हुँदा रास्वपाले अस्विकार गरेको उनले बताए । रास्वपाले दुई दलबीचको सहमती नमान्ने भएपछि संसद अवरोध नहट्ने संकेत देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस