भाद्र ३१,काठमाडौं । एसियाली विकास बैंक एडीबीले नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा २.३ र २०२१ मा १.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। सरकारले यस वर्ष ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण आर्थिक गतिविधि खुम्चिँदा यस्तो प्रभाव परेको हो ।
पछिल्ला दुई वर्ष २०१८ मा ६.७ र २०१९ मा ७ प्रतिशत वृद्धिदर थियो। एडीबीले मंगलबार सार्वजनिक गरेको ‘डेभलपिङ एसिया आउटलुक रिपोर्ट २०२०’ अनुसार यस वर्ष दक्षिण एसियाली मुलुकको औसत आर्थिक वृद्धिदर ६.८ प्रतिशतले ऋणात्मक रहनेछ ।