शेयर बजारको सम्पत्ति अहिलेसम्मकै उच्च

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन २, शुक्रबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज २, काठमाडौँ । नेपालको पुँजीबजारले बिहीबार ऐतिहासिक रेकर्ड कायम गरेको छ । बिहीबारको अन्तिम कारोबारमा आधारित बजार पुँजीकरण पुँजीबजारको इतिहासमै सबैभन्दा धेरै कायम हुन सफल भएको हो । बिहीबार नेपाल स्टक एक्सचेञ्जमा आवद्ध कम्पनीको बजार पुँजीकरण २० खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । यसअघि गत फागुन १५ गते बजार पुँजीकरण २० खर्ब ८३ अर्ब रुपैयाँ पुगेको थियो । करिब ६ महिनापछि यो रेकर्डले अर्को ऐतिहासिक बिन्दु भेट्न सफल भएको हो । जबकी अहिले बजार परिसूचक त्यो समयमाभन्दा करिब ६० अंक तल छ ।
बिहीबार कारोबार बन्द हुँदा नेप्से परिसूचक १ हजार ५ सय ७२ अङ्कमा अडिएको छ । फागुन १५ गते बजार १ हजार ६ सय ३२ अङ्कमा थियो । पुरानो रेकर्डलाई एकैपटक ७ अर्बले उछिनेर बिहीबारको बजारले यस्तो रेकर्ड राखेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस