सात महिनापछि त्रिभुवन विमानस्थलमा चहलपहल सुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन ५, सोमबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज ५, काठमाडौ । गत चैतमा सरकारले कोरोना महामारी फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेपछि बन्द भएको आन्तरिक हवाइ उडान सोमबारदेखि सुरु भएको छ । उडान सुरु भएसंगै बिमानस्थलमा चहलपहल सुरु भएको छ ।

लकडाउका बेला त्रिभुवन विमानस्थलबाट नियमित फ्लाइट बन्द गरेर केही चार्टर्ड फ्लाइटमात्र सञ्चालन गरिएको थियो । तर सात महिनापछि सोमबारदेखि स्वास्थ्य सावधानी अपनाएर आन्तरिक उडान सुरु भएको छ ।

आन्तरिक उडान सुरु भएकै दिन धेरै यात्रु विमान चढेर गन्तव्यमा जान विमानस्थल पुगे । आफ्नो लगेज र झोला बोक्ने एयरपोर्ट पुगेका सर्वसाधारणको दृश्य फेरि फर्किएको छ । विमानस्थलको पार्किङमा ट्याक्सी र निजी सवारी साधन पनि बाक्लो देखिन्थ्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस