भारतको बजेटमा नेपाललाई दिने वार्षिक अनुदान बढ्यो, नेपालले १५ अर्ब ८७ करोड पाउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ माघ १९, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १९, काठमाडौं । भारतले नेपाललाई दिन वार्षिक अनुदान रकममा केही वृद्धि गरेको छ । आर्थिक वर्ष २०२१।२२ का लागि भारतले नेपाललाई दिने वार्षिक अनुदान रकममा १ अर्ब १२ करोड भारतीय रुपैयाँ वृद्धि गरेको हो । यो आर्थिक वर्ष २०२०।२१ को बजेटमा भने नेपाललाई दिने वार्षिक अनुदानमा भारी कटौती गरेको थियो ।

आगामी आर्थिक वर्ष २०२१।२०२२ का लागि सोमबार वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको केन्द्रीय बजेटमा नेपाललाई ९ अर्ब ९२ करोड भारु १५ अर्ब ८७ करोड रुपैयाँ दिने भनिएको छ । यो आर्थिक वर्षको बजेटमा भारतले नेपाललाई दिने वार्षिक बजेटमा भारी कटौती गरी ८ अर्ब ८० करोड भारुमा झारेको थियो । आर्थिक वर्ष २०१९र२० मा भारतले नेपाललाई दिने वार्षिक अनुदान ११ अर्ब ९८ करोड रुपैयाँ थियो ।

भारतले नेपालका अन्य विभिन्न मुलुकलाई ऋण र आर्थिक अनुदान दिने गर्छ । आगामी आर्थिक वर्ष २०२१र०२२ को बजेटमा भारतले सबैभन्दा बढी भुटानलाई ३० अर्ब ४ करोड भारु अनुदान दिने आफ्नो बजेटमा उल्लेख गरेको ५ । भारतबाट भुटानपछि नेपालले ९ अर्ब ९२ करोड, म्यान्मारले ४ अर्ब, अफगानिस्तानले ३ अर्ब ५० करोड, माल्दिभ्सले अर्ब ५० करोड, बंगलादेशले २ अर्ब र श्रीलंकाले २ अर्ब भारु अनुदान पाउनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस