स्थानीय तह आन्दोलित

देशभरका स्थानीय तह आन्दोलित, बजेटमा चित्त नबुझेको गुनासो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ २०, आईतबार (१२ महिना अघि)
  • ८४ पटक पढिएको
देशभरका स्थानीय तह आन्दोलित, बजेटमा चित्त नबुझेको गुनासो

जेठ २०, काठमाडौँ । देशभरका स्थानीय निकायहरू आन्दोलनमा उत्रेका छन् । गाउँपालिका र नगरपालिका प्रमुखहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई भेटेर ध्यानाकर्षण गराउने भन्दै काठमाडौँमा भेला भएका हुन् ।

सरकारले अनुदानको रकम नपठाएको र नयाँ बजेटमा थप कटौती गरेको भन्दै उनीहरु आन्दोलनमा होमिएका हुन् । नगरपालिका महासंघका अध्यक्ष भिमप्रसाद ढुङ्गानाले आफूहरूलाई सरकारले हेपेको महसुस भएकाले काठमाडौँ आइएको र सरकारसँग ठोस कुराकानी गरेर मात्र फर्कने बताए । गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले गाउँमा पठाउनुपर्ने अनुदान नपठाइएकोले कसरी कर सङ्कलन गरेर पठाउनेदेखि जनताको विकास गर्ने कुरा सोध्न काठमाडौँ आएको बताइन् ।

# स्थानीय तह आन्दोलित

 

ताजा अपडेट

खोजी गर्नुहोस