सुनचाँदी

सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ २१, सोमबार (१२ महिना अघि)
  • १४३ पटक पढिएको
सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

जेठ २१, काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक हजारले घटेर १ लाख ४१ हजार कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४० हजार ३०० पुगेको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेर चाँदी १८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस