सुनचाँदी

सुनको मूल्य आज १७ सय बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ २२, मंगलबार (१२ महिना अघि)
  • १३७ पटक पढिएको
सुनको मूल्य आज १७ सय बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

जेठ २२, काठमाण्डौँ । सोमबार तोलामा एक हजार घटेको सुनको मूल्य आज एक हजार सात सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ४२ हजार सात सय कायम भएको छ। त्यसैगरी तेजाबी सुनको मूल्य एक लाख ४२ हजार छ ।

चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य एक हजार ८ सय ६० कायम भएको महासंघले जनाएको छ।
आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको थियो । सोमबार छापावाल सुन १ लाख ४१ हजार, तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। हिजो चाँदी १ हजार ८ सय ३५ रुपैयाँ थियो ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस