नेपाल एसबिआई बैंक लि. द्धारा कालिका भगवती मन्दिर, बागलुङमा सामाजिक उत्तरदायित्व कार्यक्रम साथै बागलुङ तथा सृजनाचोक शाखा स्थानान्तरण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण १९, शनिबार (९ महिना अघि)
  • ७४ पटक पढिएको
नेपाल एसबिआई बैंक लि. द्धारा कालिका भगवती मन्दिर, बागलुङमा सामाजिक उत्तरदायित्व कार्यक्रम साथै बागलुङ तथा सृजनाचोक शाखा स्थानान्तरण

साउन १९, काठमाण्डौँ । नेपाल एसबिआई बैंक लि. ले बाग्लुङ नगरपालिका स्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष, कुमार खड्कालाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, श्री राजेश कूमार पंडा, प्रमूख संचालन अधिकृत, श्री यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।

साथै, नेपाल एसबिआई बैंकले आफ्नो बागलुङ नगरपालिका–०२, लालिगुराँस चोक, बागलुङ बजारमा अवस्थित बागलुङ शाखा सोही नगरपालिकाको वडा नं–०३ स्थित हलन चोकमा स्थानान्तरण गरेको छ । त्यसैगरी, बैंकले आफ्नो पोखरा महानगरपालिका–०८ सभागृह चोकमा अवस्थित सृजनाचोक शाखा सोही स्थानमा रहेको नयाँ परिसरमा स्थानान्तरण गरी दुबै शाखाले नयाँ परिसरबाट सेवा सुभारम्भ गरेका छन् । यसबाट ग्राहकलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस