गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २१, सोमबार (९ महिना अघि)
  • ९२ पटक पढिएको
गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न

साउन २१, काठमाण्डौँ । नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक विक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो पार्टनर मिट नारामा सम्पन्न गरेको छ । सिमरामा सम्पन्न दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै पार्टनर, र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो ।

देश कठिन समयमा गुज्रिरहेको र सम्पूर्ण बजार नै सुस्ताइ रहेको अवस्थामा अगिलो वर्षको समिक्छ्या गरी, आगामी दिनको रोड म्याप बनाउन सो मिटमा गम्भीर छलफल भएको कम्पनीले जनाएको छ । कम्पनी र ग्राहक बिचको सम्बन्ध अझै मजबुत बनाई, प्रगति तर्फ अग्रसर हुनु पर्ने धारणा ब्यक्त भएको कम्पनीले जनाएको छ। कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न बिधामा सर्वोत्कृष्ट पार्टनरहरुलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक श्री करण चौधरीले भने, “अबको समय समस्या छ भनेर निराश भएर बस्ने समय होइन। सबै मिलेर एकजुट भएर समस्यालाई पछाडी राखेर अगाडी बढ्नु पर्नेछ। हाम्रो सम्बन्धलाई अझै मजबुत बनाई राख्न मा र मेरो टिम हरदम तयार र प्रतिबद्ध छ। हामी आफ्नो क्षमता बढाउन नयाँ उच्च गुणस्तर ग्रेडको ल्युब उत्पादन गर्न कारखानामा थप लगानी गर्दैछौं । यसबाट नेपाली उपभोक्ताले सर्वसुलभ मूल्यमा उच्च गुणस्तरका उत्पादनहरूको फाइदा पाउनु हुनेछन् ।“
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस