अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २६, शुक्रबार (३ महिना अघि)
  • ४५ पटक पढिएको
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

पौष २६, काठमाण्डौँ । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झण्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ । त्यति बेला जिल्ला प्रशासनले छ्याङ्कुटीबाट विद्युत् गृह जाने २४ किलोमिटर प्रवेशमार्गको पाँच सय २४ रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँका दरले तोकेको थियो ।

#अरुण तेस्रो  #मुआब्जा

ताजा अपडेट

खोजी गर्नुहोस