आज देशैभरका सुनचाँदी पसल बन्द !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ २९, बिहिबार (१ दिन अघि)
  • ५४ पटक पढिएको
आज देशैभरका सुनचाँदी पसल बन्द !

जेठ २९,काठमाडौँ । सरकारको बजेटप्रति आपत्ति जनाउँदै व्यवसायी आन्दोलनमा उत्रिएपछि आज देशैभरका सुनचाँदी पसल बन्द छन् । नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घ र देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर विरोध जनाएका छन् ।

सरकारले आगामी बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता र हिरामा १३ प्रतिशत भ्याट लगाएको विरोधमा आन्दोलनमा उत्रिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले बताए ।

सरकारले बजेटमार्फत सुनमा विलासिता कर लगाएको र सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा १३ प्रतिशत भ्याट लगाएको छ । सरकारको यो निर्णयले सुनचाँदी व्यवसाय नै सङ्कटमा पर्ने देखिएको व्यवसायीको आरोप छ ।

सरकारले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने उनीहरूको माग छ । साथै सुनचाँदी कारोबारका लागि प्रस्ट नीति नियमावली निर्माणकोसमेत माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस