शेयर बजार झिनो अंकले घट्यो,कारोबार कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ २४, मंगलबार (१ दिन अघि)
  • १७ पटक पढिएको
शेयर बजार झिनो अंकले घट्यो,कारोबार कति ?

असार २४,काठमाडौँ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १४ अङ्कले घटेर २ हजार ६ सय ८३ दशमलव ८६ विन्दुमा झरेको छ ।

आज बैंक, होटल, बीमा, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर १ दशमलव २५ प्रतिशतले उकालो लागेको छ ।

आज रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर ५ प्रतिशतले घटेको छ । आज बिहानको बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । नेप्से खासै घटबढ नभएको दिन बुटवल पावर कम्पनीको शेयर ८ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ३ सय ४ वटा कम्पनीका १ करोड ५० लाख कित्ता शेयर ६ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस