जानीराखौं बाँझोपन समाधानका उपायहरु

Post Thumbnail

असोज ८, काठमाडौं । पुरुषमा बाँझोपनको समस्याको उपचारका लागि इन्ट्रा–साइटोप्लाज्मिक स्पर्म इन्जेक्सनको प्रयोग गरिन्छ । यसलाई संक्षिप्तमा ‘इक्सी’ प्रविधि भनिन्छ । यो विधि कम शुक्राणु हुने समस्या भएका पीडितहरूका लागि वरदान सावित हुनसक्छ ।

महिलाहरूमा भएको बाँझोपनको समस्यामा इन विट्रो फर्टिलाइजेशन प्रविधिको प्रयोग गरिन्छ ।

यस उपचार विधिको सफलता दर ५० प्रतिशत देखि ६० प्रतिशतसम्म हुने गर्छ ।

इन विट्रो फर्टिलाइजेशन (आइवीएफ) उपचार प्रविधि अनुसार महिलाको अण्डाशयबाट डिम्ब र पुरुषको शुक्राणुबीच संसर्ग गराई पुन महिलाको गर्भाशयमा राखिन्छ र त्यहाँ नै यो पोषित र विकसित हुन्छ ।

के कस्तो सुरक्षा अपनाउने ?

–मधुमेह नियन्त्रित राख्नु पर्दछ । जसका लागि नियमित व्यायाम जरुरी छ । टाइप–१ मधुमेहका बिरामीहरूले नियमित रुपमा इन्सुलिनको डोज लिनु जरुरी छ ।
–धुम्रपान र पेयपदार्थबाट टाढै रहनु पर्दछ ।
–तनावमा रहनु हुँदैन ।
–बच्चा जन्माउन नियन्त्रण गर्न औषधिहरूको प्रयोग गर्नु हुँदैन ।
–सन्तुलित भोजन खानु जरुरी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस