माघ १, काठमाण्डौ । आज पाँचौं राष्ट्रिय योग दिवस, ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी आज योग दिवस मनाइँदैछ । प्रत्येक वर्षजस्तै यस वर्ष पनि सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रमसहित योग दिवस मनाउने तयारी गरेको हो। त्यसका लागि सरकारले बजेटसमेत छुट्ट्याएको छ । शरीर स्वस्थ र तन्दूरुस्त राख्नका लागि गरिने शरीरिक आसनलाई योग भनिन्छ ।
योगलाई आध्यात्मिक प्रक्रिया पनि मानिन्छ। जसले शरीर, मन र आत्मलाई सकारात्मक रूपले एकसाथ समावेश गर्दछ । बदलिँदो समयसँगै नेपालको सन्दर्भमा योगको माग बढेको गएको छ । अन्तर्राष्ट्रिय रूपमै मान्यता पाएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत आहिले (आरोग्य) दिवसको हिसाबले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने गरिएको छ । एक अध्ययनले २०३० सम्ममा योगको कमीले एउटा घरमा एक जना मानसिक रोगले ग्रस्त हुने आँकलन गरिएको छ । योग दिवसलाई संयुक्त राष्ट्र सङ्घबाट पारित गरेर विश्व स्वास्थ्य सङ्गठनले प्राथमिकता दिँदै विगत ४ वर्षदेखि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।