चैत्र ५, काठमाण्डौ । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रम १५२ भन्दाबढी देशमा पुगेका छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभरी एक लाख ६७ हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यो सङ्ख्या अघिल्लो दिनको तुलना १३ हजार ९०३ बढी भएको अधिकारीले जानकारी दिएका छन् । मृत्यु हुनेको सङ्ख्या पनि अघिल्लो दिन भन्दा ८६२ ले बढेको विश्वव्यापी विवरणमा उल्लेख गरिएको छ । योसँगै विश्वभरी कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या छ हजार ६०६ पुगेको छ ।