चैत्र ६, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसका विषयमा आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले बुधबार ट्वीट गर्दै यसबारे जानकारी गराएको हो । मोदीको अध्यक्षतामा बुधबार भएको एक उच्चस्तरीय बैठकले रोगसँग लड्ने प्रयास र देशभर भएका तयारीका विषयमा समीक्षा गरेको थियो ।