चैत्र ९, काठमाण्डौ । भारतमा आइतबार जारी भएको जनता कर्फ्युु मार्च ३१ सम्म जारी रहने भएको छ । उत्तरखण्डका मुख्यमन्त्री त्रिभेन्द्र सिंह रावतले आइतबार भने, विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भारसको संक्रमण तीव्ररुपमा बढिरहेकाले मार्च ३१ सम्म जनता कर्फ्यु जारी रहनेछ । अत्यावश्यक उपभोग्य सामानहरु जस्तै खाना र औषधी भने राज्यभर उपलब्ध हुने बताइएको छ ।
ूआज देशभर जनता कर्फ्यु लागु भएपछि हामीले यो जनता कर्फ्यु आजदेखि नै मार्च ३१ सम्म निरन्तरता दिने निर्णय गरेका हौं । यद्यपि अत्यावश्यक खाना र औषधी भने उपलब्ध हुनेछ,ू रावतले भने । यससँगै अन्तर सहर र अन्तर राज्य बस सेवा निलम्बन गरिनेछ । लकडाउन अवधिभर मानिसहरुलाई यात्रा नगर्न सुझाव दिइएको छ । मार्च २२ सम्म कोरोना भाइरसबाट ३७० संक्रमित भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ । एएनआई