लन्डनमा नेपाली चेलीको रोदन : सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै सचेत रहन भगवतीको आग्रह

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र ११, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र ११, काठमाण्डौ । बेलायतको लन्डनमा बस्दै आएकी एक नेपाली महिलाले आफूलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेकी छन्। कोभिड–१९ पोजिटिभ देखिएपछि सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी हुन् । सामाजिक सञ्जालमा आफ्नो फोटो र स्ट्याटस पोस्ट गर्दै उनले सबैलाई सचेत बन्न पनि आग्रह गरेकी छिन् ।

उनले यो संक्रमण अत्यन्तै पीडादायी हुने उल्लेख गर्दै १३ दिनसम्म पनि अत्यन्तै पीडा भइरहेको बताएकी छिन् । उनले अरू सबै सचेत बनून् र यो पीडा अरूले भोग्नुनपरोस् भन्ने उद्देश्यले आफूले नै यो जानकारी शेयर गरेको बताएकी छिन् । लमजुङ तारकुघाटकी रानाभाटले लेखेकी छिन्– ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड–१९ सँग लड्दै छु । यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाँटै छैन । फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाइलाई थप भयावह बनाउला भन्ने लाग्यो तर सोचें सबैले सावधानी अपनाउन सक्नुहुनेछ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध ।’

शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन् । उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको बताइएको छ । पारिवारिक स्रोतका अनुसार उनी फागुन २५ गते दिउँसो लन्डनको भेन्यु फाइभमा आयोजित अन्तर्र्रािष्ट्रय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसको भोलिपल्टदेखि उनलाई उच्च ज्वरोले सताएको थियो ।

दुई हप्ताअघि बेलायत सरकारको आग्रहलाई बेवास्ता गर्दै अन्तर्राष्ट्रिय महिला दिवस तथा एनआरएनएले आफ्नो १५औं स्थापना दिवस मनाएको थियो । उनलाई त्यही दिवसमा भाग लिएदेखि कोरोनाको संक्रमण भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । यसैबीच बेलायतमा रहेका एक रेस्टुरेन्ट व्यवसायीलाई पनि कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । यी युवा व्यवसायीसहित दुई नेपाली कोरोनाको संक्रमणमा परेका छन् । त्यसै गरी अपुष्ट समाचारअनुसार ६६ वर्षीय राई थरको कोरोनाको संक्रमणले मृत्यु भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन्। नेपाल समाचारपत्रमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस