कोरोनाबाट चीनमा थप चारको मृत्यु, लक्षण नदेखिएका ६० संक्रमित फेला

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र २१, शुक्रबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र २१, काठमाण्डौ । चीनमा ३१ जना नयाँ कोरोना संक्रमित फेला परेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार जनाएको छ । एनएचसीका अनुसार चीनमा भेटिएका ३१ नयाँ कोरोना संक्रमितमध्ये दुई जना स्थानीयबाट कोरोना संक्रमण भएका र अन्य २९ जना बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको बताइएको छ ।
चीनमा बिहीबार चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने सबै कोरोना भाइरसको उद्‌गम थलो वुहानका रहेको बताइएको छ । चीनमा जम्मा कोरोना संक्रमितको संख्या ८१ हजार ६२० पुगेको छ भने मृत्यु हुनेको संख्या तीन हजार ३२२ पुगेको छ । चीनमा अप्रिल १ देखि लक्षण नदेखिएका कोरोना संक्रमितको पहिचान र परीक्षण सुरु गरेको छ । जसअन्तर्गत ६० जना लक्षण नदेखिएका कोरोना संक्रमित फेला परेको बताइएको छ । रोयटर्स

ताजा अपडेट

खोजी गर्नुहोस