काठमाडौंसहित अब १० ठाउँबाट कोरोनाभाइरस परीक्षण

Post Thumbnail

चैत्र २४, काठमाडौं । स्वास्थ्य मन्त्रालयले अब काठमाडौं र बाहिर गरि १० ठाउँबाट नेपालमा कोरोनाभाइरस टेस्ट गर्ने थालिएको जनाएको छ । कोरोनाभाइरसबारे जानकारी दिन दैनिक गरिने प्रेस बिफ्रिङमा मन्त्रालयका डा। विकास देवकोटाले यो जानकारी दिएका हुन् ।

उनका अनुसार अहिले काठमाडौंमा १२ जना र काठमाडौंबाहिर ९५ जना आइसोलेसनमा राखिएका छन् । देशभर ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेको पनि उनले जानकारी दिएका छन् । त्यस्तै, उनले अहिले उपचार गराइरहेका ८ जनासँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको पनि बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस