चैत्र २८, काठमाडौं । कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि सघन उपचार कक्ष ९आइसीयू० बाट बाहिर निकालिएको छ । यसअघि स्वास्थ्य अवस्था जटिल बनेको भन्दै आइतबार उनलाई अस्पताल भर्ना गरिएको थियो ।
उनलाई अहिले अस्पतालको वार्डमा सारिएको प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले जनाएको छ । प्रधानमन्त्री जोन्सनको लन्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ अवस्था सामान्य बन्दै गएको जानकारी दिएको बेलायती सञ्चार माध्यमहरुले लेखेका छन् ।