एनआरएनए दक्षिण कोरियाले सरकारलाई दियो चार हजार ‘टेस्टकिट’

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र ३०, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र ३०, काठमाडौ । गैरआवासीय नेपाली संघ एनआरएनए दक्षिण कोरियाले नेपाल सरकारलाई चार हजार ‘टेस्टकिट’ सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा सचिव यादवप्रसाद कोइरालाले स्वास्थ्य सामग्री अभावकाबेला विदेशमा रहेका नेपालीबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताए । उनले महामारी नियन्त्रणका लागि प्राप्त सामग्रीलाई सम्बन्धित स्थानमा पु¥याइने प्रतिबद्धता समेत व्यक्त गरे ।

एनआरएनए दक्षिण कोरियाले ‘एक नेपाली एक हेल्थ किट’ नारासहित सहयोग सङ्कलन गरेको थियो। एनआरएन दक्षिण कोरियाका केन्द्रीय सदस्य बी।मणि दाहालकाअनुसार, एनआरएन दक्षिण कोरियाले दिने ठूलो परिणमको सहयोग चीनबाट ल्याउनै बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस