फ्रान्समा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १९ हजार नाघ्यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख ७, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख ७, काठमाण्डौ । फ्रान्समा कोरोना भाइरस ९कोभिड–१९० को कारण मृत्यु हुनेको संख्या १९ हजार नाघेको छ । शनिबार फ्रान्सले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा तीन सय ६४ जना मानिसको मृत्यु भएको हो । यससँगै फ्रान्समा मृत्यु हुनेको संख्या १९ हजार तीन सय २३ पुगेको हो ।

अधिकारीहरुले दिएको जानकारी अनुसार फ्रान्समा अहिले आईसीयूमा राख्नुपर्ने बिरामीको संख्यामा लगातार १० औं दिनमा पनि कमी आएको छ । अहिलेसम्म फ्रान्समा समग्र संक्रमितको संख्या एक लाख ५० हजार नाघेको छ । साथै अहिलेसम्म ३५ हजारभन्दा बढी मानिस निको भइसकेका छन् । बीबीसी

ताजा अपडेट

खोजी गर्नुहोस