वैशाख ८, काठमाण्डौ । जर्मन स्वास्थ्यमन्त्री जेन्स स्पानले जर्मनीमा कोरोना संक्रमण अहिले नियन्त्रणमा आएको बताएका छन् । उनले एक महिना लामो लकडाउनपछि कोरोनाको संक्रमणमा धेरै नै कमी आएको बताएका हुन् ।
उनका अनुसार गत १२ अप्रिलदेखि यता निको निको भएर घर फर्किने बिरामीको संख्या ह्वात्तै बढेको छ। अहिले संक्रमण रेट ०।७ प्रतिशतमा झरेको छ । जर्मनीमा अहिलेसम्म ३ हजार ८ सय ६८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । यो संख्या इटाली‚ स्पेन र फ्रान्सको भन्दा कम हो। त्यसैगरी जर्मनीमा कोरोना संक्रमितको संख्या १ लाख ३४ हजार रहेको छ ।