वैशाख ११, काठमाण्डौ । विश्वभर कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या सात लाख १७ हजार ४४६ पुगेको छ । अहिले विश्वमा १७ लाख ३५ हजार ३४२ सक्रिय संक्रमित छन् । संक्रमण हुनेको जम्मा संख्या करीब २६ लाख ३७ हजार पुगेको छ । तीमध्ये एक लाख ८४ हजार १८६ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी संक्रमित र मृतक अमेरिकामा छन् । त्यहाँ कूल संक्रमित करीब आठ लाख ४९ मध्ये अझै सात लाख १७ हजार बिरामी अवस्थामै छन् । मृतकको संख्या ४७ हजार ६६३ पुगेको छ । पछिल्लो समय युरोपको टर्की संक्रमणको ‘इपिसेन्टर’ बन्न थालेको छ । त्यहाँ कुल संक्रमितको संख्या ९८ हजार ६७४ पुगेको छ । जसमध्ये दुई हजार ३७६ जनाको मृत्यु भएको छ । टर्कीमा पछिल्लो तीन दिनमा १२ हजार ३०० भन्दा बढी संक्रमित भेटिएका छन् । त्यही अवधिका ३५९ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म करीब १६ हजार ५०० संक्रमित निको भएका छन् ।