कोरोना भाइरस : अमेरिकामा मृतक संख्या ६१ हजार नाघ्यो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख १८, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख १८, काठमाडौं । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६१ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म थप २ हजार ३५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६१ हजार ६१८ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ५८६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ६३ हजार ३५१ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख ४७ हजार ११४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख ५४ हजार ६१९ जनामध्ये १८ हजार ६७१ जनाको अवस्था गम्भीर रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस