सन् २०२० भित्रै कोरोनाको खोप बनिसक्ने ट्रम्पको विश्वास !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख २२, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख २२, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरसको खोप तयार हुने बताएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । उनले कोरोना भाइरसका कारण विपक्षीलाई राजनीतिक हिसाबमा फाइदा पुग्ने ट्रम्पको दाबी गरेका छन् । अन्तर्वार्तामा ट्रम्पले विपक्षी डेमोक्रेटिक नेताहरुको आलोचना गर्दै अमेरिका आर्थिक रुपमा कमजोर हुँदा उनीहरुको जित हुने बताएका थिए ।

यसअघि ट्रम्पले कोरोना भाइरसको औषधिका रुपमा ‘हाइड्रोक्सिक्लोरोक्विन’लाई सुझाउँदै आएका थिए । यो औषधि प्रयोगमा कुनै नोक्सानी नरहेको र यसको प्रयोगले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि कमी आएको उनको दाबी थियो । यो औषधि कम्पनीसँग उनको कम्पनीको शेयर रहेको धेरैले अड्कल गरेका थिए । त उनले सो औषधि कम्पनीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस