भारतमा कोरोना भाइरस, संक्रमितको संख्या ८० हजार नाघ्यो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ २, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाण्डौ । भारतमा कोरोना भाइरसका कारण हालसम्म २ हजार ६४९ जनाको मृत्यु भएको छ । विहीबारमात्रै भारतमा कोरोनाका कारण ९८ जनाभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै विहीबारमात्रै झण्डै ४ हजार संक्रमित फेला परेका छन् । कोरोना भाइरसका कारण थप भयावहस्थिति सिर्जना भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८१ हजार नाघेको छ । संक्रमितमध्ये २७ हजारभन्दा बढी निको भएर घर फर्किका छन् । गम्भीर कति छन् त्यसबारे भने रिपोर्ट दिइएको छैन ।

कोराना भाइरसको कोभिड–१९ को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको थियो । भारतले गत मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस