चीनमा थप १७ जनामा कोरोना संक्रमण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ ४, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाण्डौ । चीनमा कोरोना भाइरसबाट थप १७ जना संक्रमित भएका छन् । कोरोना भाइरसबाट संक्रमितत हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा स्वास्थ्य परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । कोरोना भाइरसको उद्गमस्थल समेत मानिने उहानमा केही समय यसको संक्रमण रोकिएको बताइए पनि अहिले फेरि दिनप्रतिदिन संक्रमित हुनेहरुको संख्या थपिंदै गएको छ ।

सरकारी अधिकारीहरुले अहिलेसम्म उहानका मात्रै झण्डै १ करोड १० लाख मानिसमा कोरोना भाइरस संक्रमण भए नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको बताएका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार थप ५ जना संक्रमित भेटिएको जनाएको छ ।

उनीहरुमध्ये ३ जनालाई संक्रमण भएको आयोगले आइतबार उल्लेख गरेको छ । संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन सहरमा यसै हप्तादेखि लक डाउन सुरु गरिएको छ । शनिबार थपिएकासँगै चीनमा कोरोना भाइरस संक्रमितहरुको कुल संख्या ८२ हजार ९४७ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस