बिश्व कोरोना : २४ घण्टामा चार लाख ३९ हजारभन्दा बढी संक्रमित थपिँदा १४ हजारबढीको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २१, बुधबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

माघ २१, काठमाडौ । विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाख ३९ हजार दुई सय ८५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण विश्वमा १४ हजार चार सय २३ जनाको मृत्यु भएको छ । यससँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ४३ लाख ७२ हजार एक सय १३ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म २२ लाख ६१ हजार नौ सय ७० जनाको मृत्यु भइसकेको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख १० हजार सात सय ८१ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ तीन हजार पाँच सय ९८ जनाको मृत्यु भएको छ ।

बेलायतमा थप १६ हजार छ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार चार सय ४९ जनाको मृत्यु भएको तथ्यांक छ । भारतमा ११ हजार जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा भारतमा एक सय १३ जना संक्रमितको मृत्यु भएको छ । ब्राजिलमा थप ५६ हजार दुई सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार दुई सय ४० जनाको मृत्यु भएको तथ्यांक छ । रूसमा पछिल्लो २४ घण्टामा १६ हजार आठ सय ४० जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने पाँच सय ३९ जनाको मृत्यु भएको छ ।

यस्तै, दक्षिण अफ्रिकामा दुई हजार छ सय ४९, कोलम्बियामा १० हजार ९१, मेक्सिकोमा पाँच हजार चार सय ४८, इरानमा छ हजार आठ सय २०, फ्रान्समा २३ हजार तीन सय ३७, स्पेनमा २९ हजार ६४, जर्मनीमा सात हजार छ सय २७, इटलीमा नौ हजार छ सय ६० तथा अर्जेन्टिनामा नौ हजार हजार छ सय ९५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस